ओलीले पनि मुख फोरे : माघ ८ मा संविधान आउँदैन

पुष २९,काठमाडौँ- यस अघि निर्धारित समयमा नै संविधान आउने बताउँदै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घुमाउरो भाषामा सहमति भएको भए माघ ८ मा आउने सविधान प्रक्रियामा जाँदा केही ढिला हुने बताएका छन् । आज  एकीकृत माओवादी सहित अन्य केही दलका सभासद अनुपस्थित भएको सहमति भएको भए माघ ८ मा जारी हुने संविधान केही ढिला गरी बहुमतीय प्रक्रियाबाट जारी हुने बताएका छन् । ओलीले भनेका छन् सहमति नहुँदा केही जटिलता थपिएको छ तर प्रक्रिया शुरु भइसकेकाले केही दिन ढीला लगाएर भने पनि संविधानचाहिँ जारी हुन्छ । मंगलबार एकीकृत माओवादी लगायतका दलका सभासद संविधानसभाको बैठकमा उपस्थित नभएको कुरालाई लक्षित गर्दै ओलीले केही सभासदलाई संविधानसभामा बस्न मन लागेन भन्दैमा उनीहरुलाई पर्खिएर संविधान निर्माण प्रक्रिया नरोकिने बताए । त्यही क्रममा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले समेत अब बहुमतिय प्रक्रियाबाट संविधान जारी हुने बताएका छन् ।