अझै युद्ध लडन तयार छौ : सापकोटा

पुस २९, काठमाडौँ  – एकीकृत नेकपामाओवादीका नेता अग्नीप्रसाद सापकोटाले आफूहरु बम बारुद र गोलाबारी जम्मा गरेर अझै ५० वर्ष यूद्ध गर्न तयार रहेको चेतावनी दिदै कांग्रेस र एमालेको महेन्द्र पथमाजाने प्रस्तावको अघि आत्मासमर्पण नगर्ने स्पष्ट पारे ।

उनले काग्रेस र एमालेको नौ बुँदे प्रस्ताव अधिकार विहीन जनताको लागि नभई अभिजात बर्गको हितको लागिभएको भन्दै त्यसका विरुद्ध संविधानसभाभित्रै मर्न समेत तयार रहेको बताए ।

सापकोटाले भने–‘मेरो शरिरमा अझैसम्म पनि तीनगोली छ । अझै खान पनि तयार छु । अब संविधानसभा भित्र र बाहिर दुबैतिर वार–पारको लडाई  लड्छौ । झुक्दैनौ, आत्मसमर्पण गर्दैनौ । सरकारी दमन बढेको  हामी बलिदान दिन तयार छौ । तर पहिचान विरोधी संविधान मान्दैनौ ।’ उनले दमन गरेर मार्न खोजेका मानिस भन्दा पनि जनताको मुक्तिको लागि मर्ने मानिस धेरै भएको समेत दाबी गरे ।

उनले अहिलेको द्धन्द राजनीतिकनभई वर्गीय भएको भन्दै अब देशले अर्को कोर्स लिने र तयसको लागि हतियार जम्मागर्न तयार भएको स्पष्ट पारे । उनले भने–अहिलेको द्धन्द्ध प्रचण्ड–ओलीको र ओली–प्रचण्डको नभई जनतालाई अधिकारदिने किनदिने भन्नेवारे हो, यो पूर्णतयःवर्गिय द्धन्द्ध हो ।’