बन्द एमाओवादीको विखण्डनकारी हुटहुटी स् उद्योगमन्त्री बस्नेत

पुष २९,काठमाडौँ -उद्योगमन्त्री महेश बस्नेतले एमाओवादीलगायत ३० दलीयमोर्चाको आन्दोलन विखण्डनकारी हुटहुटी मात्रै भएकोले यसलाई जनताले नै असफल बनाइदिने ठोकुवा गरेका छन ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा बस्नेतले सक्ने भए सडकमा सम्पूर्ण जनता उतारेर देखाउन चुनौति दिदै सरकारले आन्दोलनको प्रतिरोध नगर्ने स्पष्ट पारे ।

बस्नेतले जनताको नजरमा अहिले सबैभन्दा अप्रिय विषयआन्दोलन बनेको भन्दै  जनताले साथ नदिए पछि मोर्चाको आन्दोलन आफै सेलाएर जाने दावी गरे ।

उनले संविधान बनाएर विदेशी लगानी भित्राउने महत्वपूर्ण बेलामा विपक्षीले आन्दोलनको नाटक गरेर प्रभावित पारेको भन्दै उनीहरुसँग आन्दोलन छाड्नुको विकल्प नभएको दावी गरे ।

उनले भने–‘प्रक्रियालाई आत्मसाथ गरेर माघ ८ गते कम्तिमा पनि मस्यौदा दिनुको विकल्प छैन, त्यसैले म विपक्षी दलहरुलाई समेत विखण्डनकारी सोच त्यागेर बार्तामा आउन आब्हान गर्छु ।’