आदिवासी जनजाती महासंघका अध्यक्ष नागेन्द्र कुमाललाई सभासदमा मनोनयन

पौष २९,काठमाडौं- सरकारले आदिवासी जनजाती महासंघका अध्यक्ष नागेन्द्र कुमाललाई सभासद मनोनयन गरेको छ । नेपाली कांग्रेसको कोटाबाट कुमाल सभासद् बन्नुभएको हो । गत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कुमाललाई सभासद् मनोनयन गरेको निर्णय आज संविधानसभालाई जानकारी गराईएको संसद सचिवालयका सह–प्रवक्ता सुर्दशन कुईकेलले जानकारी दिनुभयो । अब मधेशवादी र साना दलको कोटामा परेका ३ जना सभासद् मनोनायन हुन बाँकी छन् ।