पौष २९,काठमाडौं- संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आगामी माघ ८ मा संविधान जारी हुने सम्भावना नरहेको बताएका छन् ।
सिंहदरबारस्थित कार्यकक्षमा मंगलबार सन्चारकर्मीहरुसँगको भेटमा नेम्वाङले दलहरुबीच बढेको तिक्तता र चिसोपनाले माघ ८ मा संविधान जारी हुने सम्भावना नरहेको बताए ।
‘सहमतिका लागि दलहरु फेरि एकपटक चुकेको’ भन्दै उनले अब संविधान लेखनको काम अन्तरिम संविधान, संविधानसभा नियमावली र प्रचलित अभ्यासअनुरुप जाने पनि बताए ।
संविधानसभाका अध्यक्ष नेम्वाङ विवादित विषयलाई प्रक्रियाबाट टुंगोमा पुर्याउन प्रश्नावली निर्माणका लागि छुट्टै समिति गठन गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ ।