३० दलीय मोर्चाले आव्हान गरेका बन्दका कारण राजधानी लगायत मुलुक भरीको जनजीबन प्रभावित

पुष २९, काठमाडौं-एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चा र नेकपा माओवादीले छुट्टाछुट्टै आव्हान गरेका बन्दका कारण राजधानी लगायत मुलुक भरीको जनजीबन प्रभावित भएको छ । विहानैबाट उपत्यकामा सार्वजनीक सवारी साधनहरुलेका छ्रैन्न भने काठमाडौं भित्रिने र बाहिरिने सवारी पनि कम मात्र चलेका छन् ।

सवारी साधन नचल्दा काम विशेषले गन्तव्यमा पुग्नुपर्ने सर्वसाधारणहरुले निकै सास्ती खेप्नु परेको छ । पूर्वाञ्चल र पश्चिमाञ्चल क्षेत्रमा हिजोदेखि बन्द छ । मध्यमाञ्चलमा बन्द आज थपिएको हो । गाडी कम चल्दा मुख्य राजमार्ग सुनसान जस्तै छ । काठमाडौंका सडकमा फाट्टफुट्ट मात्र गाडी चलेका छन् । झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा लगायतका जिल्लामा सोमबारदेखिको बन्द कायमै छ । नवलपरासी, कपिलवस्तु, रुपन्देही, कैलाली, कञ्चनपुर पनि गाडी चलेका छैनन् ।
कहिल्यै बन्द नगर्ने प्रतिबद्धता जनाएका दलहरुले फेरि बन्द आह्वान गर्दा नागरिक आक्रोशित भएका छन् । कतिपय स्थानमा बन्दको प्रतिकार समेत भएको छ । जबरजस्ती बन्द गर्दै हिड्ने बन्द कर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले विहानै बन्दको आवहन गर्दै हिडेका ६ जनालाई पक्राउँ गरी महाराजगंज प्रहरी वृतमा राखेको छ । पक्राउँ पर्नेमा गंग मर्हजन, प्रचण्ड पौडेल, यज्ञ कुमार राई, गोपाल राई लगायत रहेका छन् ।
यसैबीच नेपाल उद्योग वाणिज्य महासङघले उद्योग व्यवसायका साथै जनजीवनलाई असर पर्ने गरी केही राजनीतिक दलले आह्वान गरेको बन्द–हडतालप्रति असहमति जनाउँदै त्यस्ता कार्यक्रम फिर्ता लिन सम्बद्ध पक्षसँग आग्रह गरेको छ । महासङघले दैनिक १२ देखि १४ घन्टा विद्युत्भार कटौतीको मार खेपिरहेको र अहिले पनि लगानीको पूर्ण वातावरण बन्न नसकेको अवस्थामा बन्दहडतालले थप समस्या सिर्जना गर्ने भएकाले बन्दका सबै कार्यक्रम तत्काल फिर्ता लिन आग्रह गरेको हो ।