जातिय विभेद हटाउन नसक्नु लज्जास्पद भएको कांग्रेस नेता देउवाको भनाइ

पुष २८, काठमाडौं- बहुदलिय व्यवस्थाले पनि जातिय विभेद हटाउन नसक्नु लज्जास्पद कुरा भएको कांग्रेस नेता शेरबहादुर देउवाले बताउनु भएको छ । नेपाल दलित संघले गरेको मेची महाकाली नजागरण अभियानको समापन कार्यक्रममा देउवाले उनीहरुको अधिकार ग्यारेन्टी गराउने विषयमा अझै गंभिर हुनुपर्ने बताउनुभयो ।

गएको पुस १५ गतेदेखि सुरु भएको मेचीमाहाकाली अभियान अन्तरर्गत १४ अञ्चलमा कार्यक्रम गरेर आज राजधानीमा समापन गरिएको हो । कांग्रेस निकट दलित संघका झण्डै ४० जना प्रतिनिधिहरुले विभिन्न जिल्लामा दलितका समस्या र भावित संविधानमा समेट्नुपर्ने विषयमा नागरिकसँग छलफल गरेको हो । यात्राका क्रममा उठेका दलित सवालका विषयलाई के गर्ने भनेर छलफल र समापन गरिएको हो ।