आइसिसी वल्र्ड क्रिकेटटमा नेपालले आज तेस्रो अभ्यास खेल खेल्ने

 पुस  २८,काठमाडौँ-आइसिसी वल्र्ड क्रिकेटट लिग डिभिजन टूको तयारी खेलमा नेपालले आज  तेस्रो अभ्यास खेल खेल्ने भएको छ । यस अघि हिजो भएको खेलमा नेपाललेदक्षिण अफ्रिकाको एमपुमालांगा क्रिकेट युनियनलाई पराजित गरेको थियो ।  उक्त अभ्यासका लागि दक्षिण अफ्रिकामा रहेको नेपाली टोलीले त्यहाँको एमपुमालांगा क्रिकेट युनियनलाई ६५ रनले पराजित गरेको हो । प्रतियोगितामा जितका लागि २ सय ३५ रनको लक्ष्य पछ्याएको घरेलु टोलीलाई नेपालले १ सय ६९ रनमा अल आउट गरेको थियो । उक्त खेलमा नेपालका लागि करण केसीले ५ विकेट लिएका थिए । प्रतियोगितामा पहिले ब्याटिङ्ग गरेको नेपालले ५० ओभरको खेला ७ विकेटको क्षतिमा २ सय ३४ रन बनाएको थियो । यस अघि भएको पहिलो खेलमा भने नेपाल दक्षिण अफ्रिकाको इस्र्टन एकेडेमीसँग पराजित भएको थियो ।