ग्यासमा कालोबजारी गर्नेहरुलाई अब कारवाही प्रक्रिया बढाइने

पौष २८, काठमाडौं-काठमाडौा उपत्यका सहित मुलुकभरका विभिन्न स्थानमा ग्यासको कृतिम अभाव भइरहेका बेला काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले  ग्यासमा कालोबजारी गर्ने उद्योगी–व्यवसायीलाई कारवाही गर्ने बताएका छन् । कालोबजारी गर्नेहरुको पहिचान भइसकेको र कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको उनको दाबी छ । केहि कालोबजारी गर्नेहरुलाई सरकारी वकिलको कार्यालयमार्फत् कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको र केहि शंकास्पद व्यक्तिहरुको अनुसन्धान आफैंले गरिरहेको उनको भनाइ छ ।

राजधानीमा आयोजित साक्षात्कारमा प्रमुख जिल्ला अधिकारी अर्यालले नियामक निकायको भूमिका फितलो भएका कारण ग्यास अभाव भएको जिकिर गरे । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका निर्देशक हरिनारायण बेलवासेले पनि अनुगनमका क्रममा कालोबजारी गर्दै गर्दा पक्राउ परेकालाई कारबाही गर्ने दाबी गरे । यस्तै, ग्यास विक्रेता महासंघका संस्थापक अध्यक्ष ज्ञानेश्वर अर्यालले भने कालोबजारी गर्दै हिँड्ने ग्यास उद्योगीलाई सरकारले कारबाही नगर्दा बजारमा चरम ग्यास अभाव भएको जिकिर गरे ।