भाषा परीक्षा पास गरेका सबै युवा कोरिया जान पाउने

 पुस  २८,काठमाडौँ-रोजगार अनुमति प्रणाली ९ईपीएस० भाषा परीक्षा पास गरी बसेका सबै नेपाली युवा कोरिया जान पाउने भएका छन् । श्रम तथा रोजगार मन्त्रालयले सन् २०१५ जनवरीदेखि डिसेम्बरसम्म छ हजार चार सय ३१ नेपाली लैजाने घोषणा गरेको छ ।मन्त्रालयद्वारा प्रकाशित तालिकाअनुसार चालू वर्ष ईपीएसमार्फत जाने १५ देशका कामदारमध्ये नेपाल तेस्रो प्राथमिकतामा छ ।

पहिलोमा कम्बोडिया र दोस्रोमा इन्डोनेसियाका कामदार परेका छन् । कम्बोडियालाई नौ हजार एक सय ३० र इन्डोनेसियालाई छ हजार सात सय १२ जनाको कोटा छुट्टयाइएको छ । त्यस्तै भियतनामलाई छ हजार चार सय, थाइल्यान्डलाई पाँच हजार चार सय ९५, श्रीलंकालाई चार हजार दुईसय ९४, उज्बेगिस्तानलाई चार हजार दुई सय ५९, मियान्मालाई तीन हजार नौ सय ८१, फिलिपिन्सलाई दुई हजार ८ सय ८२, मंगोलियालाई दुई हजार सात सय २६, बंगलादेशलाई एक हजार चार सय ५३, इस्ट टिमोरलाई पाँच सय ६४, पाकिस्तानलाई सात सय ३१, क्रिगिस्तानलाई दुई सय २६ र चीनलाई एकसय ६८ छुट्टयाइएको छ ।