सत्तासाझेदार बिच राजदुत नियुक्तिमा भागबण्डा मिल्यो

पुस  २८,काठमाडौँ लामो समयदेखि मिल्नन नसकेर थाँती रहेको सत्तासाझेदार बिचको राजदुतको भागबण्डा मिलेको छ । सत्तारुढ नेपाली कांग्रेस र नेकपा–एमाले १० खाली राजदुतका लागि भागबण्डा मिलाएका छन् । लामो समयदेखि खाली रहेका देशमा भागबण्डाका आधारमा राजदुत नियुक्त गर्न सहमत भएका हुन् । आउने मन्त्रिपरिषद बैठकबाट निणर्य लिने एक नेताले जानकारी दिए ।

सहमति अनुसार भारतमा कांग्रेस र अमेरिकामा एमालेको भागमा राजदुत नियुक्ति गरिनेछ । भारतमा कांग्रेसका तर्फबाट दीपकुमार उपाध्याय र अमेरिकामा एमालेका तर्फबाट डा अर्जुन कार्किलाई पठाउने लगभग सहमति भइसकेको स्रोतले जनाएको छ । एमालेले तीन र कांग्रेसले चार देशमा राजदुत पठाउने सहमति भएको छ । बाँकी तीन देशमा एमाओवादी र अन्य दललाई भाग लगाइने स्रोतले जनाएको छ ।

कांग्रेसबाट दीपकुमार उपाध्याय र प्रधानमन्त्री सुशील कोइरालाको विदेशी सम्बन्ध सल्लाहकार दिनेश भट्टराई लगायतकामो नाम चर्चामा छ भने एमालेबाट अर्जुन कार्की, वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली लगायतको नाम चर्चामा छ । भारत, अमेरिका, बेलायत, ब्राजिल, इजिप्ट, कतार, श्रीलंका, जर्मनी, बहराइन र ओमनमा राजदुत खाली छ । ६ जनालाई कुटनीतिक नियोगबाट यसअघि नियुक्त गरिसकेको छ