अब त अभाव हट्छ की ?

पुष २८, काठमाडौं- नेपाली बजारमा देखिएको खाना पकाउने ग्यासको चरम अभाव आगमी सातापछि हट्न एलपी ग्यास उद्योग महास.घले जनाएको छ । एलपी ग्यास उद्योग महासंघका महासचिव कुश मालीका अनुसार नियमित भन्दा थप परिणामको ग्यासको आउन शुरु भएकोले आगमी साताबाटै देशभर नै ग्यास अभाव हट्ने भएको छ। बरौनी डिपोबाट ग्याँस आउन शुरु भइसेको महासचिव मालीले बताउनु भयो । गोर्खा एफएमको आर्थिक कार्यक्रम इको मिसनसंग कुरा गर्दै महासचिव मालीले हिउदको समयमा नियमित भन्दा ३० प्रतिशतले ग्यासको माग बढ्नेमा भारतको रिफाइनरी डिपो झण्डै २ महिना मर्मतका लागि बन्द हुँदा नेपालमाविगत एक महिनायता ग्याँसको हाहाकारभएको छ । बजारमा ग्याँसको अभाव हुँदा यतिबेला कालोबजारी मौलाएको छ । अभावको मौका पारेर बिक्रेताहरुले सिलिण्डर सहीत बिक्री गर्ने, एक हजार ४ सय ७० रुपैयाँको ग्याँसाई २ हजार पाँच सय सम्म लिनेगरेको उपभोग्क्ताको गुनासो छ । ग्याँसमा कालोबजारी हटाउन, संसदीय समितिदेखि उपभोक्ता हित संवद्ध संघसंस्थाहरुले चर्को दवाव दिएपनि सरकारको अनुमगन संयन्त्र र नेपाल आयल निगम असफल भएका छन् ।