जुम्लामा मानसिक रोगीहरुको संख्या बढ्दै

जुम्ला- जुम्लामा मानसिक रोगीहरुको संख्या बढ्दै गएको तथ्यांक सार्वजनिक गरिएको छ । बहुसास्कृतिक मनोसामाजिक संस्थालगायतले गरेको अध्ययनको आधारमा तथ्यांक सार्वजनिक गरिएको हो । गरिबी, मदिरा सेवन, घरेलु हिंसा, अशिक्षा र द्धन्द्धका कारणले मानसिक रोगीहरुको संख्या बढ्दै गएको जिल्ला मनोविमर्शकर्ता नन्दराज आचार्यले बताउनुभयो ।

जुम्लाको तत्कालिन कार्तिकस्वामी, महत, चन्दननाथ र पटमारा गाविसमा नमुना सर्वेक्षणको आधारमा तथ्यांक संकलन गर्दा मानसिक रोगीको संख्या बढ्दै गएको उहाको भनाई छ । पुरुषको तुलनामा महिलाहरुमा बढी मानसिक समस्या देखापरेको पनि ती संस्थाहरुले बताएका छन् । जुम्लामा मानसिक समस्या भएका व्यक्तिहरुको संख्या बढ्दै गएको भएपनि उपचार गर्ने ठाउँ नहुँदा समस्या भएको छ ।