हुम्ला जिल्लामा घरेलु हिंसाको संख्या बढ्दो

पुष २८, हुम्ला- हुम्ला जिल्लामा घरेलु हिंसाको संख्या बढ्दो क्रममा रहेको छ । पारिपारिक बेमेल, मादक पदार्थको सेवनलगायत कारणले महिला हिंसा बढेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । गएको आर्थिक वर्ष २०७०÷०७१ मा ११ वटा निवेदन परेकोमा यस आर्थिक वर्षको ६ महिनामै १० वटा निवेदन परेको जिल्ला प्रहरी कार्यालय हुम्लाको अपराध अनुसन्धान शाखाले जनाएको छ । गएको वर्ष परेको ११ वटै निवेदन फछ्च्र्याेट भइ सकेको छ । दुवै पक्षलार्ई बोलाएर मिलापत्र गर्ने गरेको प्रहरीको भनाइ छ । यस्तै यस आर्थिक वर्षमा परेका १० वटा निवेदन मध्ये ८ वटाको मिलापत्र भए सकेको र २ वटा निवेदन मिलापत्रको क्रममा रहेका छन् ।