चेल्सीको बिजयी यात्रा जारी

पुष २७, काठमाडौं-गए राति भएको प्रिमियर लिगमा न्युक्यासललाई २-० गोल अन्तरले हराउँदै चेल्सीले अग्रता बढाएको छ। खेलको ४३औ मिनेटमा डिएगो ओष्कारले न्युक्यासलको पोस्टमा पहिलो गोल गरेर चेल्सीको जितका लागि खाता खोलेका थिए। खेलको ५९औं मिनेटमा डिएगो कोष्टाले न्युक्यासलको पोस्टमा अर्को गोल थपेर गोल अन्तर फराकिलो बनाए । न्युक्यासलले चेल्सीको पोष्टमा गोल फर्काउन नसकेपछि चेल्सीले विजय चुम्यो । एजेन्सीको सहयोगमा