औपचारिक र अनौपचारिक छलफलबाटै निश्कर्षमा पुग्ने प्रयास गरिने

पुष २७, काठमाडौं- नेकपा माओवादीका बरिष्ठ नेता बाबुराम भट्राइले औपचारिक र अनौपचारिक छलफलबाट नै निष्कर्षमा पुगिने बताएका छन् । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहेका  भट्टराईले समितिले अहिलेसम्म सहमतिका लागि गरेको प्रयासबारे आइतबार समितिमा जानकारी गराएका छन् । संविधानका विवादित विषयमा सहमतिका लागि शुक्रबार चार दिनको समय पाएका भट्टराईले आजको बैठकमा यसबीचमा भएका छलफल र दलहरुबीच सहमतिको सम्भावनाबारे जानकारी गराएका थिए । समितिको आजको बैठकले सोमबार ९भोलि० दिउँसो दुई बजेसम्म अनौपचारिक छलफल गरी निश्कर्षमा पुग्ने प्रयास गर्ने निर्णय गरेको पनि भट्टराईले जानकारी दिए । अनौपचारिक छलफलका क्रममा भएको प्रगतिलाई सोमबारको समितिको बैठकमा पेस गरिने भट्टराईले बताए ।