हिंसाको विरोधमा प्यारिसमा वृहत र्याली

पुस २७, काठमाडौ-दश लाख भन्दा बढि मानिस आइतबार प्यारिसमा आह्वान गरिएको राष्ट्रिय ऐक्यबद्धताको बृहत प्रदर्शनमा सहभागी हुने अपेक्षा राखिएको छ। यो प्रदर्शन पछिल्ला दिनमा गरिएका सशस्त्र आक्रमणको विरोधमा आह्वान गरिएको हो। पछिल्ला दिनमा इश्लामी उग्रवादीहरुले गरेको आक्रमणमा सत्रजनाको ज्यान गएको थियो। प्रदर्शनमा ब्रीटीश प्रधानमन्त्री डेभीड क्यामरन, जर्मन चान्सलर एङ्गेला मर्कल लगायत दर्जनभन्दा बढी विदेशी सरकार प्रमुखहरु प्रदर्शनमा सहभागी हुनेछन्। प्यारिसबाट बीबीसीका युरोप संवाददाता क्रिस मोरिस भन्छन्, सुरक्षा अभूतपूर्व हुनेछ। हजारौं प्रहरी र सेना तैनाथ गरिएका छन्। एकपछि अर्को हिंसात्मक आक्रणमबाट स्तब्ध भएको यो देशमा गोली हानेर मारिएकाहरुको संझनामा गर्न लागिएको प्लास दे ला रिपब्लीकबाट शुरु हुने प्रदर्शन बृहत हुने अपेक्षा छ। व्यंग्यात्मक अखबार शार्ली एब्दोको कार्यालयमा इश्लाम लडाकुहरुले आक्रमण गरेपछि शुरु भएको तीन दिन् सम्म चलेको हिंसा प्यारिस बाहिरको छापाखाना र प्यारिसस्थित यहुदी सुपरमार्केटबाट अन्त्य भएको छ।बीबीसी