इजरायलले ३ सय कामदार लिने, २० प्रतिशत मात्रै पुरुष

पुस २७, काठमाडौं- सरकारी स्तरबाट नेपाली कामदारको माग गर्ने देश अन्र्तगत इजरायल पनि परेको छ । इजरायलले चरणबद्ध रुपमा ३ सय नेपाली कामदार लिने प्रस्ताव नेपाललाई पठाएको छ ।  नेपालले कामदार लिन माग गर्दै पठाएको कार्यविधिसम्बन्धी मस्यौंदाको ५ महिनापछि औपचारिक जवाफ पठाउँदै रोजगारीको आकर्षक गन्तब्य मुलुकले एक पटकमा ५० जनाका दरले नेपलीलाई रोजगारी दिने बताएको हो । कामदारले नर्सिङसम्बन्धी ३ महिनाको कोर्स गर्नुपर्ने प्रस्ताव इजरायलले राखेको छ ।  कुल कामदारमध्ये ८० प्रतिशत महिला र २० प्रतिशत मात्र पुरुष हुनुपर्ने उसको प्रस्ताव छ ।