बालुवाटारमा सत्तारुढ दलको छलफल सुरु, आजै बहुपक्षीय बैठक पनी

पुस २७, काठमाडौ सत्तारुढ दलहरुको बैठक प्रधानमन्त्री  निवास बालुवाटारमा  सुरु भएको छ । काँग्रेस एमालेको छलफल लगत्तै आजै सिंहदरबारमा एमाओवादी सहित तीन दलीय छलफल पनि बस्ने वालुवाटार निकट स्रोतले जनाएको छ । सहमतिका लागि संबिधानसभाले संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई बिहीबार चार दिनको म्याद दिएको थियो । तर, प्रमुख दलहरुबीच संबिधानका विवादित बिषयमा थप मतान्तर बढेको छ । स्रोतका अनुसार हालसम्म सहमति गर्न बाँकी कुरामा सहमती नभएको बताइएको छ । प्रक्रियामा संबिधान जारी गर्नुपर्ने अडान राख्दै आएका सत्तारुढ दलले एमाओवादी मोर्चासँगको सहमतिको लागि लचिलो हुने प्रस्ताव राखे पनि दलहरुबीच कुरा मिल्न सकेको छैन् । सत्तारुढ दलले निर्वाचन र न्यायप्रणालीमा लचक हुने बताएका छन् । एमाओवादीसहित मधेसी दलहरु संघीयताको प्रदेश संख्यामा लचक हुनुपर्ने सत्तारुढ दलको अडान छ ।