पोखरा कप फुटबलको दोस्रो क्वाटरफाइनल खेल आज हुदै

पौष २७,पोखरा -मनकामना केबल कार पोखरा कप फुटबलको दोस्रो क्वाटरफाइनल खेल आज हुने भएको छ । देस्रो क्वाटर फाईनलमा आज नेपाल पुलिस र नेपाल आर्मी विच प्रतिष्पर्धा हुने भएको हो । हिजोको पहिलो क्वाटरफाइनलमा सरस्वती युथ क्लबलाई ४–१ ले हराउदै मनाङ सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको खेलमा मनाङलाई जिताउन अनिल गुरुङले २ तथा डोडोज र दिपक राईले १ १ गोल गरेका थिए । सरस्वती क्लव तर्फ भने शक्ति राईले १ गोल गरेका थिए ।