नाईजेरियामा आत्माघाती बम हमलामा परी १९ को मृत्यु

एजेन्सी -नाईजेरीयामा भएको आत्माघाती बम हमलामा परी १९ जनाको ज्यान गएको छ । नाईजेरीयाको पूर्वी ईलाका मैदुगुरीमा भएको उक्त बम हमलामा १९ जना मारिएको प्रहरीले जनाएको छ । केहि रिपोर्टहरुका अनुसार एक १० बर्षिया बालिकाको शरिरमा फिट गरिएको बम माािसको जमघट हुने मंडे मार्केटमा बिस्फोट भएको हो ।

यस बजारमा पछिल्लो हप्ता दुई जना महिला हमलाकारीले आत्मघाती बिस्फोट गराएका छन । घटनाको हाल सम्म कुनै समुहले जिम्मेवारी नलिएपनि बोको हरामले गराएको हुन सक्ने आशंका गरिएको छ ।