मोर्चाको बन्दले विभिन्न जिल्ला प्रभावित

पौष २७,काठमाडौं- एमाओवादी सहितको ३० दलीय मोर्चाले आब्हान गरेकोे बन्दले यसक्षेत्रको जनजीवन प्रभावित भएको छ । समयमै सहमतिमा संविधान निर्माण गरिनुपर्ने माग राख्दै एमाओवादी सहितको तीस दलिय मोर्चाले बन्द आव्हान गरेको हो ।

मोर्चाले तोकेका बन्द हुने राज्यहरुमा तमुवान, मगरात, किरात, खुम्बुवान, लिम्बुवान राज्य रहेका छन् । एमाओवादी सहितको मोर्चाले अघि सारेका विभिन्न राज्य अन्तर्गत तमुवानमा पर्वत, मुस्ताङ, कास्की, तनहुँ, स्याङ्जालगायतका आठ जिल्ला छन् भने मगरातअन्तर्गत म्याग्दी, बागलुङ, रोल्पा, रुकुम, सल्यान, गुल्मी लगायत जिल्लाहरुमा बन्दको असर अहिले बिहान सामान्य परेको प्रहरीले जनाएको छ ।