सिन्धुलीमा विभिन्न दलहरुका जिल्लास्तरीय नेताहरु बाख्रापालनतिर

पौष २७,सिन्धुली- सिन्धुलीमा विभिन्न दलहरुका जिल्लास्तरीय नेताहरु ग्रामीण क्षेत्रका साना किसानहरु सँगसँगै व्यवसायिक बाख्रापालनतिर लाग्न थालेका छन् ।

राजनीति गरेर मात्र होइन समाजको आर्थिक र सामाजिक विकास र परिवर्तन गरी आत्मनिर्भर हुनका लागि कृषि र पशुपालन व्यवसायमा क्रियाशील हुनुपर्छ भन्ने शन्देश दिँदै स्थानीय नेताहरुसमेत बाख्रापालनमा लागेका हुन्

जिल्लास्तरीय नेताहरुले आ–आफ्नो सहकारीहरुका लागि उन्नत जातका बाख्रापालन व्यवसायलाई विकास गर्ने योजना बनाएका हुन् । जिल्ला पशुसेवा कार्यालय सिन्धुलीले चालु आर्थिक वर्ष ०७१/०७२ को निक्षेपित युवा लक्ष्यित कार्यक्रमअनुसार जिल्लालाई आत्मनिर्भर गराउने उद्देश्यले एक दर्जनभन्दा बढीको संख्यामा उन्नत जातका बीउ बोकाहरुको वितरण समेत गरेको छ ।

पछिल्लो समयमा नेपाल सरकारले कृषिमा युवा लक्ष्यित कार्यक्रमहरुको प्रवाह गरेपछि राजनीतिकर्मी, साना किसान र समाजमा विपन्न र बेरोजगारीका कारणले समय बिताइरहेका युवाहरु समेत व्यवसायिक पशुपालनमा सरिक हुँदै आएका छन् ।