आज पृथ्वी जयन्ती राष्ट्रिय एकता दिवसका रुपमा मनाउन माग

पौष २७,काठमाडौं- आज पृथ्वीनारायण शाहको जन्म दिन तथा पृथ्वी जयन्तीको अवसरमा सरकारी स्तरबाट कुनै औपचारीक कार्यक्रम नभएपनि निजी क्षेत्रको पहलमा भने देशभर बिभिन्न कार्यक्रम हँुदैछन् । पृथ्वी जयन्ती समारोह समितिले सिंहदरबारको पश्चिम ढोका अघिल्तिरको पृथ्वीनारायण शाहको सालिक परिसरमा विशेष कार्यक्रम गर्दैछ ।विक्रम संवत २००७ सालपछि देशमा राष्टिय एकता दिवस मनाउन थालिएपनि २०६२ र ६३ सालको जनआन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो । केही वर्षदेखि पुस २७ लाई राष्ट«िय एकता दिवसको रुपमा मनाउनुपर्ने आवाज उठेपनि सरकारले निर्णय गर्न सकेको छैन ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पृथ्वीनारायण शाहको अपमान भएकाले दिवस मनाउनुपर्छ भनेर पहल थालेपनि कुनै काम हुन सकेन । प्रधानमन्त्री सुशील कोइरालाले राष्ट«िय एकता दिवस मनाउनको प्रयास गरेपनि सफल भएको छैन ।पृथ्वीनारायणको शासनकालमा नेपाल ५४ टुक्रामा विभाजित थियो । जसमध्ये बाइसे कर्णाली र चौविसे राज्य गण्डकी प्रदेशमा थिए । लिच्छवीकालमा पनि नेपाल अहिलेकै जस्तो ठूलो रहेको इतिहासमा पाइन्छ । पश्चिमा खस राज्य थियो । उनीहरु २२ टुक्रामा विभाजित थिए ।पृथ्वी जयन्तीका दिन आज पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा औपचारिक रूपमा मनाउन सरोकारवालाहरुले माग गर्दै आएका छन् ।