संविधानका विवादित विषयमा सहमति जुटाउन दलहरु विच आज पनि छलफल

पौष २७,काठमाडौं- संविधानका विवादित विषयमा सहमति जुटाउन भन्दै प्रमुख दलका शीर्ष नेताहरु विच आज पनि छलफल हुने भएको छ । दलहरु विच द्धिक्षिय र त्रिपक्षिय छलफल हुने भएको छ । सत्तारुढदल कांग्रेस र एमाले विच पनि विहान छलफल हुने भएको छ । त्यसैगरी एमाओवगादी सहतिको सहितको छलफल भने दिउँसो हुने भएको छ ।

यसैविच संबैधानिक राजनीतक सम्वाद तथा सहमती समिती सभापतिले पनि आज दलहरु संग छलफल गर्नु हुने भएको छ । सहमतिको लागि भन्दै नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीसँगै मधेशी मोर्चाको पटक पटक बसे पनि सहमती भने हुन सकेको छैन । संविधान जारी गर्ने मिति माघ ८ आउँन ११ दिन मात्र बाँकी रहँदा दलहरु सहमती खोज्ने भन्दा पनि आरो प्रत्यारोपमा अत्रिदै समय खेर फालेका छन् ।

प्रमुख दलहरु हिजो पनि छलफलमा जुटेका थिए । चार दल विच छलफल हुने भनिए पनि मधेसी मोर्चाले चार पक्षको बैठक बहिस्कार गरेको थियो । एमाले अध्यक्ष केपि शर्मा ओलीले आफुहरुलाई अपमान गरेको भन्दै माफि नमागे सम्म बैठकमा सहभागि नहुने मोर्चाले जनाएको छ ।

दलहरुबीच राज्य पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीमा सहमति जुटेको छैन । दलहरुविच सहमती जुटाई पौष २९ गते सम्म ठोस निष्कर्षमा पुग्न सम्वाद समितीलाई संविधान सभाले समय दिएको छ । सहमती निकाल्न नसके प्रक्रियामा जाने मनस्थीती तयार पारेर प्रतिवेदन पेस गर्न समीतीलाई संविधान सभाले अन्तीम समय दिएको हो ।