माघ सक्रान्ति पर्व नजिकिदा तरुलको कारोबार बढ्दै

तेह्रथुम- माघे संक्रान्ति नजिकिदै गर्दा तेह्रथुमका बजारहरुमा तरुलको कारोबार बढ्दै गएको छ । जिल्लाका बजारहरुमा घर तरुल, बन तरुल र इस्कुसको जरा लगायत विभिन्न कन्दमुलको कारोबार बढेको हो । सदरमुकाम म्याङलुङ्गमा लाग्ने अर्ध साप्ताहिक हटियामा गएको एक महिना यता तरुल लगायत कन्दमुलको बिक्री वितरण बढेको छ ।

यस्तै जिरिखिम्ती, शुक्रबारे, वसन्तपुर र सक्रान्तिबजारमा लाग्ने साप्ताहिक हटियामा पनि तरुल लगायत कन्दमुलको माग उच्च छ । माग बढेपछि ती कन्दमुलको मागअनुसार मुल्य पनि आकासिएको छ । अहिले सदरमुकाम म्याङलुङ्गमा बन तरुल २ सय देखि २ सय ५० रुपैयाँमा बिक्री वितरण भइरहेको छ ।