ओली यथास्थितिवाद तर्फ फर्कन खोजेको एमाओवादीको आरोप

पौष २६,काठमाडौं- एकीकृत नेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्माले एमाले अध्यक्ष केपी ओली यथास्थितिवाद तर्फ फर्कन खोजेको आरोप लगाउँदै माघ ८ मा संविधान आउन नसक्ने बताउनु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै शर्माले ३० दलिय मोर्चा लचिलो भएता पनि सत्तारुढ दलले लचकता अपनाउन नसकेको बताउनु भयो । उहाँले माघ ८ गतेभित्र पूर्णरुपमा संविधान नबने पनि सहमतिको वातावरण बने त्यो महत्वपूर्ण कुरा हुने धारणा राख्नुभयो । संविधानसभाबाट संविधान नबनाई बल र बहुमतको आधारमा बनाउने कुरा आएकाले त्यसका विरुद्ध आन्दोलन गर्नु परेको प्रवक्ता शर्माले बताउनु भयो ।