फेरि फुट्यो नेकपा–माओवादी

पौष २६,सुनसरी- मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी फेरि फुटेको छ । नेकपा माओवादीबाट असन्तुष्ट बनेकाहरुको समूहले इटहरीमा आज पत्रकार सम्मेलनगर्दै नेकपा माओवादी (क्रान्तिकारी) नामक नयाँ पार्टीको घोषणा गरेको हो । द्वन्द्वकालमा माओवादी स्वास्थ्य संघमा आबद्ध रहेर जनयुद्ध लडेर पार्टीबाट असन्तुष्ट बनेका स्वास्थ्यकर्मीहरुले नयाँ पार्टीको घोषणा गरेका हुन् ।

३९ सदस्य केन्द्रीय समिति रहेको नवगठित पार्टीको अध्यक्षमा भजेन्द्र चौलागाइँ र महासचिवमा आकाश शर्मा रहेको पत्रकार सम्मेलनमा बताइएको छ । अध्यक्ष चौलागाइँले १० वर्षे जनयुद्धको बलमा ल्याइएको लोकतान्त्रिक गणतन्त्रमा पुष्पकमल दाहाल, बाबुराम भट्टराई, मोहन वैद्य, र नेत्रविक्रम चन्दले जनताको भावनाअनुसार काम गर्न नसकेको भन्दै सक्कली माओवादी पार्टीको गठन गरिएको दाबी गर्नुभयो । महासचिव अकाश शर्माले पार्टीको संगठन देशभर बिस्तार गर्ने बताउँदै आवश्यक परे सशस्त्र जनयुद्ध गर्ने बताउनु भयो ।