केपी ओलीले भने संविधान निर्माणमा लेनदेन हुन नसक्ने

पौष २६,काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माण प्रक्रियामा लेनदेन हुन नसक्ने बताउनु भएको छ । देश र जनताका लागि संविधान बन्ने भएकाले लेनदेन र सबैलाई मान्नेहुने नाममा मुलुकलाई हितअहित हुने बिषयमा एमाले कुनै पनि हालतमा सम्झौता नगर्ने ओलीको भनाई छ ।

संविधान निर्माण प्रक्रिया ओलु प्याज किने जस्तो नभएकोले मोलमोलाई गरेर विवादित बिषयमा सहमतिमा पुर्याउन नसकिने भन्दै ओलीले नागरिकलाई हित हुने भन्दा बाहीरको बिषयमा एमाले लचक नहुने अडान राख्नुभयो । आज पार्टी केन्द्रिय कार्यालय बल्खुमा पत्रकार सम्मेलन गरि ओलीले मङगलबार बस्ने संविधानसभा बैठकबाट औपचारिक रुपमा प्रक्रियामा प्रवेश गर्ने र माघ ८ भित्रै संविधान जारी गर्ने दाबी गर्नुभयो । पत्रकार सम्मेलनमा ओलीले आफुले कसैको अपमान नगरेकोले मधेशी मोर्चासंग माफी नमाग्ने बताउदै वार्ता र छलफलमा आउन मधेशवादी दलका नेताहरुलाई आग्रह गर्नुभयो ।