आगामी माघ ८ मै संविधान जारी हुन्छ : प्रधानमन्त्री

पौष २६,काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले आगामी माघ ८ मै संविधान जारी हुने विश्वास व्यक्त गरेका छन् ।

आफ्नै निवास बालुवाटारमा शनिबार संविधान जारी गर्न दबाब दिन पुगेका संयुक्त महिला संघका प्रतिनिधिहरुसँग कुरा गर्दै उनले लोकतान्त्रिक संविधान जारी गर्नका लागि सकरात्मक दबाव सिर्जना गर्न आग्रह गरेका हुन् । उनले सबैको हक, अधिकार सुनिश्चित हुने संविधान जारी हुने पनि बताए ।

प्रधानमन्त्रीले ‘जातीयताको आधारमा संघीयता बन्नै नसक्ने’ भन्दै ‘सबै जात, धर्म, लिंग र भाषालाई सम्मान गर्ने गरी संघीय प्रदेशको टुंगो लगाइने’ पनि बताए ।

महिला संघका प्रतिनिधिहरुले नयाँ बन्ने संविधानमा महिलाका हक, अधिकार सुनिश्चित गरिनुपर्ने माग गरेका थिए ।