टुइटर प्रयोगकर्ताहरुको सामाजिक सहयोग अभियान

पौष २६, काठमाडौं – सामाजिक सन्जाल टुइटर प्रयोगकर्ताहरुले  विभिन्न सामाजिक  सहयोग अभियान अन्तर्गत रु ५ संकलन अभियानको सातौ कार्यक्रम आज बिहान भद्रकाली मन्दिर तथा भृकुटीमण्डप सरसफाइ कार्यक्रम गरिएको छ  । सरसफाई अभियान मा करिब ५५ जना टुइटर प्रयोगकर्ताहरुको सहभागिता रहेको थियो ।

त्यसै गरि बाग्लुङ जिल्लाको मुन्द्रीदेब नि मा बि मा पुस्ताकालय निर्मानार्थका लागि आजै भृकुटीमण्डपमा पुस्तक संकलन गरियो । त्यहाँ नि मा बि र मा बी का बिद्यार्थी हरुलाई उपयोग हुने १०० भन्दा बढी पुस्तक संकलन भएको हामीलाई रु।५ संकलन अभियान्ता भरत सापकोटाले जानकारी दिनु भयो ।