नाबेबियामा हुने डिभिजन टु का लागी आज दोस्रो अभ्यास खेल

पौष २६, काठमाडौं – डिभिजन २ को तयारीमा अभ्यास खेल खेल्न अक्षिण अफ्रिकामा पुगेको नेपाल टोलीले आज दोस्रो अभ्यास खेल खेल्ने भएको छ । नेपाली टोलीले आज पुमालाङगा क्रिकेट युनियन संग देस्रोे खेल खेल्ने भएको हो । दक्षिण अफ्रिकामा रहेको टोली हिजोको पहिलो अभ्यास खेलमा भने पराजीत भएको छ । नेपाली टोली इस्र्टन एकेडेमि संग ५७ रनले पराजीत भएको हो । वर्षाका कारण हिजोको खेल ३० ओभरमा छोटाईएको थियो । त्यसैगरी अर्को खेल भने नेपाली टोलीले सोमबा्र ईस्र्टनको आमन्त्रित टोली संग खेल्ने भएको छ । दक्षिण अफ्रिकामा तीन अभ्यास खेल खेलेर नेपाली टोली सीधै नामिबिया जानेछ । डिभिजन ‘थ्री’को च्याम्पीयन नेपालले डिभिजन–२ मा आयोजक नामिबियासँगै केन्या, नेदरल्यान्डस्, क्यानडा र युगान्डासँग खेल्नेछ । नामिबियामा माघ ३ गतेदेखि डिभिजन–२ क्रिकेट प्रतियोगीता सुरु हुँदैछ ।