काठमाडौंको टुँडिखेलमा आज मोबाइल फ्याक्ने प्रतियोगिता

पौष २६, काठमाडौं – काठमाडौंको टुँडिखेलमा आज मोबाइल फ्याक्ने प्रतियोगिता हुँदैछ । रोटरी क्लब रुद्रमतीले आयोजना गरेको प्रतियोगितामा सबैभन्दा टाढा मोबाइल फ्याक्नेले नयाँ स्मार्टफोन पुरस्कार पाउने रोटरी क्लब रुद्रमतीका अध्यक्ष कृष्णराम देउपालाले बताउनुभयो ।

अहिलेसम्म १ सय ५० जनाले नाम दर्ता गराएको प्रतियोगितामा आज पनि सहभागी हुन चाहनेले नाम दर्ता गराउन सक्ने उहाँले बताउनुभयो । प्रतियोगीतामा १४ वर्ष मुनिका ३, महिला ३ र पुरुष ३ गरी ९ जना विजयी हुनेछन् ।
विजेता सबैले नयाँ स्मार्टफोन पुरस्कार पाउनेछन् । यसरी संकलन गरिएको मोबाइल मुगुका विकट गाउँका महिलालाई हस्तान्तरण गरिने अध्यक्ष देउपालाले बताउनुभयो ।
प्रतियोगितामा भाग लिन पुरानो मोबाइलको ब्याट्री र चार्जरसहित मोबाइल फोन आयोजकलाई दिनुपर्छ । यसरी मोबाइल दिनेलाई आयोजकले काम नलाग्ने ड्रमी मोबाइल फोन दिन्छन् । त्यसरी पाएको ड्रमी मोबाइल त्यहीँ उभिएर बेस्सरी फ्याँक्नुपर्नेर्छ । जसले सबैभन्दा टाढा फ्याँक्न सक्छ, उ पहिलो हुनेछ ।
तर पहिलो, दोस्रो र तेस्रोमा नपर्नेले चाहिँ आफूले बुझाएको मोबाइल फोन माया मारेर फकिर्नुपर्नेछ ।