विकासका लागि भएका अवरोध नेपालले हटाउनुपर्ने : रन्जीत रे

पौष २६, काठमाडौं – नेपालका लागि भारतीय राजदूत रन्जीत रेले पूर्वाधार क्षेत्रको विकासका लागि भएका अवरोध नेपालले हटाउनुपर्ने बताउँनु भएको छ । नेपाल र भारतबीच हालै भएको विद्युत् व्यापार सम्झौता दुईपक्षीय हीतमा रहेको भन्दै अहाँले विद्ययुत् प्रसारण्न लाइन, अन्य भौतिक पूर्वाधार क्षेत्रको विकासमा ध्यान केन्द्रीत गर्न आग्रह गर्नुभयो ।

भारतीय राजदूतावास, नेपाल–भारत उद्याोग वाणिज्य संघ र आइबीएनले राजधानीमा संयुक्तरुपमा गरेको ‘आथिर्क सुधारमा मिडियाको भूमिका’ विषयक कार्यक्रममा राजदूत रेले नेपालको बढ्दो व्यापार घाटा कम गराउँदै पाँच वर्षभित्र व्यापार दोब्बर पार्ने गरी नेपालले काम गर्नुपर्ने बताउँनुभयो । उहाँले नेपालले अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न सक्नुपर्नेमा पनि जोड दिनु भयो ।
कार्यपत्र प्रस्तुत गर्दै आथिर्क पत्रकार अच्यूत वाग्लेले मुलुकको आथिर्क क्षेत्रको सुधारका लागि कानुनी तथा नीति, नियममा परिमार्जन आवश्यक रहेको बताउँनु भयो । उहाँले आथिर्क कुटनीतिलाई पनि प्रभावकारी बनाउनुपर्नेमा जोड दिनु भयो । त्यसका लागि मिडियाको भूमिका महत्वपूर्ण हुने पनि उहाँको भनाइ रहेको छ ।