नेकपा माओवादी चन्द पक्षको राष्ट्रिय सम्मेलन आज सकिदै

पौष २६, दाङ – बैद्य माओवादीबाट विभाजित नेत्रविक्रम चन्द पक्षको नेकपा माओवादीको  राष्ट्रिय सम्मेलन आ सम्पन्न हुँदै छ । दाङतुल्सीपुरमा जारी ४ दिने सम्मेलन आज सम्पन्न हुने भएको हो ।

सम्मेलनमा पार्टी संयोजक नेत्रबिक्रम चन्द बिप्लवले नेपाली मौलिकतासहितको एकिकृत क्रान्ति सम्पन्न गर्नुपर्ने उल्लेख भएको ३१ पृष्ठ लामो राजनीतिक दस्तावेज प्रस्तुत गर्नु भएको थियो । सम्मेलनमा ५ सय बढि प्रतिनिधि, पर्यवेक्षक र ६ सय बढि नेता कार्यकर्ता सहभागी रहने नेकपा माओबालदीले जनाएको छ ।