राहदानी प्रति युवाको आर्कषण बढ्दो

पौष २६, काठमाडौं – पछिल्लो समय मुलुकमा रोजगारीको माग बढ्न थालेपछि र स्वदेशमा रोजगारी पाउन सम्भव नभएपछि विदेशिने युवाको संख्या बढ्दो छ । जसको पििछल्लो उदाहरण बनेको छ पाँचथर जिल्ला । पाँचथरमा राहदानी लिने युवायुवतीको भीड दिनप्रतिदिन बढ्दै गएको छ । देशमा रोजगारी नपाएपछि विदेश जानकै लागि राहदानी लिन युवायुवतीको भीड लागेको हो । गत आर्थिक वर्षभन्दा यसवर्ष ६६ प्रतिशत बढीले राहदानी लिएका छन् । त्यही अनुपातमा राजस्वसमेत बढेर यस आर्थिक वर्षको यस अवधिमै १ करोड ४१ लाख ५० हजार रुपैयाँ संकलन भएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ । रश्रराहदानी लिनेमा १६ देखि ५० वर्ष उमेर समूहका बढी रहेको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेंलले बताए । रोजगारी र अध्ययनका लागि राहदानी लिएको सेवाग्राहीले बताएका छन् ।