मधेसी मोर्चाले पनि आज छलफल गर्ने

पौष २६, काठमाडौं – नेकपा एमालेका अध्यक्षको वतब्यलाई लिएर रुष्ट बनेको मधेसी मोर्चाले आज छलफल गर्ने भएको छ । केही दिनदेखि प्रमुख ३ दलसँगको छलफल अस्वीकार गर्दै आएको मधेसी मोर्चाले पनि आज छुट्टै छलफल गर्न लागेको सद्भावनाका एक नेताले बताए । सद्भावना पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा मध्यान्ह हुने छलफलमा प्रमुख ३ दलसँगको छलफलमा जाने नजाने तथा आफूले उठाएको मुद्दामा कसरी जानेलगायत विषयमा छलफल हुने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए । बैठकले कसरी अघि बढ्ने भन्ने विषयमा समेत भावी रणनीति तय गर्ने बताइएको छ ।