गृहमन्त्रीले भने समयमै संविधान आउछ

पौष २५, दाङ – गृहमन्त्री बामदेब गौतमले माघ ८ मा नै संविधान जारी गरिने बताउनु भएको छ । देउखुरी उधोगबाणिज्य सघ दाङको आयोजनामा आज देखि देउखुरीको लमहीमा शुरु भएको देउखुरी कृषिपर्यटन तथा ब्यापारिक महोत्सबको उद्घाटन गर्दे मन्त्री गौतमले यस्तो बताउनु भएको हो । पौने तीन मिनेटमै आफ्नो सम्बोधन सक्नुभएका गृह मन्त्रि गौतमले संबिधान बनाउनका लागी महत्वपुर्ण छलफलमा जुट्नुपर्ने भएकाले धेरै समय दिन नसकेको बताउनुभयो ।

थारु र नेपाली भाष गरि दुई भाषामा सम्बोधन गर्नुभएका गौतमले देउखुरीमा एकीकृत सेवा केन्द्र लगाएतका कामहरु गर्दे जाने आश्वासन दिनुभएको छ । कार्यक्रमका दाङ क्षेत्र नम्बर १ का सभासद पार्बती डिसि चौधरीले जनताले आफुहरुलाई माघ ८ मा संबिधान जारि गर्न दबाब दिईरेहेको बताउदै जसरी पनि तोकेको समयमा संबिधान जारि गर्नुपर्नेमा जोड दिनुभयो ।