अख्तियार आँखा विमानस्थललाई लागेपछि

पौष २६, काठमाडौं –पछिल्लो समय सक्रिय हुँदै गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनुगमन गरेको छ । अनुगमन पश्चात विमानस्थलको व्यवस्थापन कमजोर रहेको, यात्रुहरुको सामान हराउने, सामान हराएको उजुरी गर्ने ठाउँ तथा व्यक्ति फेला नपर्ने जस्ता उजुरी परेपछि अनुगमनका लागि अख्तियार विमानस्थल पसेको हो । अनुगमनपछि विमानस्थलमै पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता श्रीधर सापकोटाले विमानस्थलको सुधार र यात्रुको सुविधाका लागि आयोगले विमानस्थल व्यवस्थापनलाई १२ बुँदे निर्देशन दिएको जानकारी दिए ।

आयोगले विमानस्थलको नियमित र छड्के अनुगमन गर्ने जानकारी दिँदै उनले दुई÷तीन महिनाभित्रमा सुधार नआए कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने जानकारी पनि दिए ।