बार्सीलोनाको शानदार जितको हक स्टार खेलाडीलाई

काठमाडौँ-गएराती भएको खेलमा स्पेनिस किङ्समा बार्सीलोनाले एल्चेलाई ठुलो गोलको अन्तरले हराएको छ । बार्सीलोनाले एल्चेलाई ५ का बिरुद्ध ० गोल अन्तरमा हराएको हो । ला लिगा अन्तर्गतको पछिल्लो खेलमा पराजित भएको बार्सीलोनाले किङ्स कपमा भने उत्कृष्ट लय समातेको हो । आफ्नै मैदानमा भएको खेलमा बार्सीलोनालाई विजयी गराउन नेईमारले दुई गोल गरेभने लुईस सुवारेज, मेस्सी र योर्डी अल्बाले एक एक गोल गर्न सफल रहे । त्यस्ते रियाल सोसीडाड विरुद्धको खेलमा प्रशिक्षक लुईस एन्रीकेले स्टार खेलाडीहरु मेस्सी र नेईमारलाइ बेन्चमा राखेका थिए । तर ती दुबै खेलाडीलाई पहिलो रोजाईमा फिर्ता बोलाएपछि गएरातीको खेलमा बार्सीलोनाले एल्चेलाई ५ ० ले पाखा लगाएको हो ।