ओलीले माफी नमागेसम्म बैठक बस्दैनौँ : मधेसी मोर्चा

पुष २५,काठमाडौँ-केही दिन अघि नेकपा एमालेका अध्यक्ष केपी ओलीले दिएको वक्तब्यका कारण संविधानका विबादित विषयमा आज हुने भनिएको छलफल नहुने भएको छ । मधेसी नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले माफी नमागेसम्म चार राजनीतिक शक्तिको संयुक्त बैठकमा नबस्ने अडान दोहोर्‍याए पछि संविधान निर्माणको काम समेत ओझेलमा परेको छ ।

आज बालुवाटारमा भएको काँग्रेस नेताहरुहरुसँग मधेसी नेताले समथर भूमि सबै मधेस प्रदेशमा राख्ने हो भने भारतीय भूमि पनि राख्नु पर्छ भनेर व्यंग गरेबाट सम्पूर्ण मधेसको अपमान भएकाले माफी नमागेसम्म बैठकमा नआउने दोहोर्याएको वालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री कोइरालाले चार पक्षको बैठकमा आउन आग्रह गरे पनि मधेसी नेताहरुले एमाले सहभागी बैठकमा नआउने निर्णय सुनाएका थिए । मधेसी नेताले एमाले अध्यक्ष ओलीले हामीलाई सौताको जस्तो ब्यबहार गरेको समेत गुनासो गरेका थिए ।