एउटै गीतमा ४२ मोडलले अभिनय गरेपछि

काठमाण्डौ-एउटै गीतमा ४२ जना मोडलले अभिनय गरेको भिडियो सार्वजनिक भएको छ । जुन भिडियो अमेरिका र नेपाल दुवै देशमा उत्तिकै चर्चा कमाएको नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्जले आफ्नो दोस्रो एल्बम ‘को हुँ म’को टाइटल ट्रयाकमाथि म्युजिक भिडियो निर्माण गरी सार्वजनिक गरेको हो । व्याण्डले यसको एउटै गीतको भिडियोमा ४२ जनालाई मोडलका रुपमा प्रस्तुत गरेको छ। भिडियोमा विभिन्न उमेर समूह र वर्गका नेपाली तथा अमेरिकी मोडलहरु आउँदै जाँदै गर्छन्। हरेक मानवले आफ्नो पहिचान र अस्तित्व खोजी गर्ने विषयमाथि बनाइएको भिडियोको ९५ प्रतिशत छायााकन अमेरिकामा गरिएको छ।

व्याण्डका भोकलिष्ट प्रइन सिंह, गितारिस्ट रुपक लामा तथा अन्य नेपाली तथा अमेरिकी मोडलहरुको छायांकन अमेरिकी शहर सान फ्रान्सिस्कोमा गरिएको छ भने नेपालमा रहँदै आएका व्याण्डका ड्रमर दिरेकलाल श्रेष्ठको अंश काठमाडौंमै छायांकन गरिएको छ। द भाइब्ज व्याण्डले अहिले सार्वजनिक गरेको म्युजिक भिडियो भने यो व्याण्डको सातौं म्युजिक भिडियो हो। व्याण्डले यसअघि पहिलो एल्बमको थाकी सके गोडा हात, खै के भो, त्यही पल र आमा बोलको गीतको म्युजिक भिडियो आफ्ना शुभचिन्तक र प्रशंषकका लागि श्रव्यदृश्य उपहारको रुपमा पस्किएको थियो भने दोस्रो एलबम को हुँ मको फसेँ म र हाम्रो तारा बोलको गीतको म्युजिक भिडियो उपहार दिएको थियो।