पाँचौ म्याग्दी महोत्सव आजदेखि सुरु

पुष २५,म्याग्दी-पाँचौ म्याग्दी महोत्सब आजदेखि सुरु हुँदैछ । आगामी आजदेखि माघ ४ गतेसम्म म्याग्दी सदरमुकाम बेनीमा पाँचौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला तथा कृषि औद्योगिक व्यापार मेला सुरु हुँदैछ । महोत्सवको लागि स्टल निर्माण, प्रचारप्रसार लगायतको सम्पूर्ण तयारी पुरा भएको मुल आयोजक म्याग्दी उद्योग बाणिज्य संघले जनाएको छ । महोत्सबमा एकसय ७१ वटा स्टल बुकिङ भएका छन् । स्थानीय उत्पादन, होटल, कृषि उपज, अटो मोवाईल्स, बैंक तथा वित्तिय संस्था, शिक्षण संस्था र औद्योगिक प्रतिष्ठानहरुले आफ्नो उत्पादनको प्रर्वद्धन र गतिबिधि प्रचारप्रसार तथा व्यापारका लागि अधिकांश स्टल बुक गरेका बताईएको छ । महोत्सवका लागि बेनीबजार ध्वजा पटका तुल र ब्यानरले रंगिएको छ । महोत्सवको बिहान १० बजे उद्योगमन्त्री महेश बस्नेतले उद्घाटन गर्ने कार्यक्रम छ ।