कायापलट कप फुटवल माघे सक्रान्तिमा हुने

लमजुङ-लमजुङको समिभञ्ज्याङमा क्रियाशिल कायापलट असल शासन क्लबद्वारा आयोजित १३ औँ कायापलट रनिङ कप खुला पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । क्लबले हरेक वर्ष आफ्नो वार्षिकोत्सव तथा माघे सक्रान्तिको अवसरमा भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।
यसपटक १४ औँ वार्षिकोत्सव भलिबल प्रतियोगिता, विविध सांस्कृतिक कार्यव्रmम सहित मनाइने क्लबका अध्यक्ष किशोर जोशीले जानकारी दिए ।

लमजुङ, तनहुँ र कास्कीका १५ टिमको सहभागिता रहने अपेक्षा गरिएको प्रतियोगितामा प्रथम हुनेले रु। १४ हजार नगदसहित रनिङ कप, मेडल र प्रमाणपत्र तथा दोस्रो हुनेले नगद १० हजार नगदसहित मेडल र प्रमाणपत्र पाउने अध्यक्ष जोशीले बताए ।

उत्कृष्ट खेलाडी र अनुशासित टिमलाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको सचिव विष्णु न्यौपानेले जनाए । माघ १, २ र ३ गते समिभञ्ज्याङकै खेल मैदानमा हुने प्रतियोगिताका लागि रु। १ हजार ५ सय सहित माघ १ गते दिउँसो १ बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने खेल संयोजक प्रकाश मल्लले जानकारी दिए ।

प्रतियोगिताको प्रायोजन समिभन्ज्याङ–५ घर भई हाल अष्ट्रेलिया रहेकी अमृता श्रेष्ठ, काठमाडौँमा बस्दै आएका किरण न्यौपाने र समिभन्ज्याङ गाविस कार्यालय रहेको क्लबले जनाएको छ ।