आजदेखि सुरु हुँदै चितवन महोत्सव

पुष २५,चितवन-मुलुकभर जारी रहेका महोत्सबहरुको बिचमा  चितवनमा  आजदेखि महोत्सब सुरु हुँदैछ । आगमी  माघ ४ गतेसम्म नारायणी किनार प्रदर्शनी मैदानमा आयोजना गरिएको महोत्सवको आज  प्रधानमन्त्री सुुशील कोईरालाले उद्घाटन गर्ने आयोजकले जनाएको छ । चितवन महोत्सवका लागि नारायणी किनार दुलही झै सिंगारिएको छ भने स्टलहरु आकर्षक बनाईएको छ । महोत्सव शुरु हुनु अघि बिहान प्रदर्शनी मैदानबाट विभिन्न साँस्कृतिक झाँकीसहितको शोभायात्रा निकालिने मुल आयोजक समितिले जनाएको छ ।  महोत्सवमा पुनः दुई नयाँ कार्यक्रम थपिएको छ । महोत्सवमा सानो चिडियाखाना मिनी जू र डुंगा दौड प्रतियोगिता थप गरिएको हो । महोत्सवमा नयाँ कार्यक्रम हेल्दी बेबी प्रतियोगिता तथा अन्तर्राष्ट्रिय परिसर समेत राखिएको छ । उद्योग वाणिज्य संघ चितवन, जिल्ला विकास समिति, भरतपुर उपमहानगरपालिका, रत्ननगर नगरपालिका र रत्ननगर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो ।