एक पत्रिकाको कार्यालयमा भएको सांघातिक आक्रमणमा प्रधान सम्पादक, कार्टुनिस्ट सहित १२ जनाको ज्यान गएपछि फ्रान्समा राष्ट्रिय शोकको घोषणा

पुस २४, फ्रान्स –फ्रान्सको पेरिसमा रहेको एक पत्रिकाको कार्यालयमा भएको सांघातिक आक्रमणमा प्रधान सम्पादक, कार्टुनिस्ट सहित १२ जनाको ज्यान गएपछि त्यहाँ राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

फ्रान्सका राष्ट्रपति फ्रान्स्वा हउल्याण्डले घटनाको निन्दा गर्दै फ्रान्सको भावना, अभिव्यक्ति र स्वतन्त्रता विरुद्ध यस्तो कायरातापूर्ण घटना भएको बताउनुभयो । फ्रान्स प्रहरीका अनुसार घटनामा संलग्न ३ जना अक्रमणकारीको पहिचान भएको छ । उनीहरु इस्लामीक विद्रोही भएको अनुमान गरिएको छ । घटनाको विरोधमा पेरिस लगायत विभिन्न अरु शहरमा मौन ¥याली निस्कीएको बिबिसीले जनाएको छ ।
घटनाको विश्वव्यापी निन्दा एवं भत्सर्ना भएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामा, महारानी एलिजावेथ र संयुक्त राष्ट्र संघका महासचिव वान की मुनले घटना कायरतापूर्ण भएको भन्दै शोक सन्देश पठाएका छन् । फ्रान्सको प्रमुख मुस्लीम नेताले पनि घटनाको भत्सर्ना गरेका बिबिसीले जनाएको छ ।
पेरिसमा रहेको व्यंग्य पत्रिका चार्ली हेब्डाको कार्यालयमा हिजो बन्दुकधारीले आक्रमण गर्दा प्रधान सम्पादक सहित ८ जना पत्रकार, २ जना प्रहरी सहित १२ जनाको मृत्यु भएको भने ११ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । घटनापछि पेरिसको सुरक्षा व्यवस्था कडा बनाईएको छ ।
साप्ताहिक रुपमा प्रकाशित हुने चार्ली हेब्डो पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर पहिलेदेखि नै विवादमा हँुदै आएको थियो । पत्रिकाले पछिल्लो पटक ट्वीटरमा इस्लामिक स्टेट आइएसका नेता अबु बकर अल बग्दादीको कार्टुन ट्वीट गरेको थियो ।