विडिएन मिडीया कप फुटबल प्रतियोगीता आजबाट सुरु

पुस २४, काठमाडौँ – नेपाल ओलम्पीक संग्राहलयको आयोजनामा सातौं विडिएन मिडीया कप फुटबल प्रतियोगीता आजबाट सुरु हुँदै छ । ललीतपुरको च्यासल स्थीत एम्फा प्रशिक्षण केन्द्रमा प्रतियोगीता आजबाट सुरु हुने भएको हो । आयोजक अध्यक्ष क्षितीज अरुण श्रेष्ठका अनुसार प्रतियोगीतामा ११ टिमको सहभागिता रहने भएको छ ।