संसदीय समितिले ग्यास अभाव बारे छलफल गर्दै

पुस २४, काठमाडौँ –संसदको वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले ग्यास अभाव बारे सरोकारवाला निकायसँग छलफल गर्दैछ । आज बिहान ११ बजे बस्ने समितिको बैठकमा वाणिज्य तथा आपूर्ति विभाग, आयल निगमका प्रतिनिधि तथा सरोकारवालालाई बोलाइएको छ ।

सम्बन्धित निकायसँग ग्यास अभाव हुनुको कारण बारे जानकारी लिंदै तत्काल उपभोक्तालाई ग्यासको आपूर्ति सुचारु गर्न निर्देशन दिने समितिका एक सदस्यले जानकारी दिए । केही दिनयता बजारमा ग्यासको चरम अभावले उपभोक्तालाई समस्या परिरहेको छ ।