संवाद तथा सहमति समितिको प्रतिवेदनमाथि छलफल जारी

पुस २४, काठमाडौँ – संविधान सभाको बैठकमा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन माथी आज अन्तीम छलफल हुने भएको छ । गत २९ गतेबाट जारी संविधान सभाको बैठकमा समिती प्रतिवेदन माथि बोल्ने सभासद सकिएकाले छलफल अन्तीम हुने संसद सचिवालयले जनाएको छ ।

आजको बैठक दिउँसोे एक बजेका लागी तए भएको छ । आजको बैठकमा नाम टिपाएका बोल्न बाँकी १५ सभासदले आफ्नो भनाई राखे संगै बैठक सकिने भएको हो । दलहरुले संविधानका विवादीत विषयमा सहमती गर्न नसक्दा संविधान सभाको बैठक लम्बीदै गएको थियो । सम्वाद समितीमा पटक पटक विवादीत विषयमा दलहरुले सहमती गर्न खोजे पनि नसके पछि विवादीत प्रतिबेदन संविभासभामा पेस गरिएको थियो ।

दलहरु प्रक्रियामा जान पनि नसक्ने र सहमती पनि निकाल्न सक्ने भए पछि माघ ८ को संविधान अन्यौलमा परेको छ । दलहरु सहमतीमा पुग्न नसके पनि सहमतीका लागी सकरात्म रहेको भन्दै संविभान सभा अध्यक्षलाई थप समय मागे पछि प्रतिवेदन पुनं सम्वाद समितीमा नै पठाईने सम्भावना रहेको छ ।