जनजातिहरु दोस्रो चरणको प्रर्दशन आज सकिने

पुस २४, काठमाडौँ –जनजातिहरुको अकुपाईद्धारा पहिचानको मुद्दालाई पहिलो प्राथमिकतामा राख्नु पर्ने भन्दै बानेश्वरमा जारी राखिएको दोस्रो चरणको प्रर्दशन आज सकिने भएको छ । लिम्बुवान, किरा“त, ताम्सालिङ लगायत जातीय पहिचान सहितको संघीय राज्यको माग गर्दै आज अन्तीम दिन पनि विहान ११ बजेदेखि बेलुका ४ बजेसम्म जनजातिहरुले प्रदर्शन गर्ने बताएका छन ।
ईतिहासदेखि आफ्नो थाकथलो, भाषा, संस्कृति लगायतका छुट्टै पहिचान बोकेका देशको ३७ प्रतिशत जनसंख्या ओगटेको आदिवासी जनजातिलाई राज्यले उपेक्षा गरेको भन्दै राज्यको हरेक अंङ्ग, तह र तप्कामा आफुहरुलाई पूर्ण समावेशी र समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने जनजातिको माग छ । धर्म निरपेक्षतालाई संस्थागत गर्नुपर्ने, समानुपातिक निर्वाचन प्रणाली सुनिश्चित गर्नुपर्ने लगायत ९ बु“दे माग सहित आदिवासी जनजातिहरु दोस्रो चरणको आन्दोलनमा उत्रिएका हुन् ।
अभियानमा सहभागी जनजाित अगुवाहरुले आफ्ना हकअधिकार सुनिश्चित गर्न आफुहरु अभियानमा लागेको बताए । आदिवासी जनजातिसंग विगतमा भएका सहमति र संम्झौताहरु राज्यपक्षबाट कार्यान्वयन नभएकोप्रति आक्रोश ब्यक्त गर्दै जनजातिहरुले प्राकृतिक श्रोत र साधनमाथी आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्नुपर्ने बताए ।